निधारमा टिका लगाउदा हुने फाइदाका बैज्ञानिक तथ्यहरु

काठमाडौं । निधारमा टिका लगाउने वित्तिकै जो कोहीले भन्न सक्छन कि हिन्दु धर्मको लागी हो भन्निछ तर यसको वैज्ञानिक तथ्यपनि बुझ्न जरुरी हुन्छ ।

हिन्दू धर्ममा निधारमा टीका लगाउने परम्परा अनुसार शुभविहानी, शुभकार्य, पूजा तथा मन्दिरमा भगवानको दर्शन गरेपछि निधारमा टीका लगाइन्छ । निधारमा टीका लगाउनुको पछाडि केही धार्मिक भावनाका साथै वैज्ञानिक आधार पनि छन् ।

टीका लगाउँदा हाम्रो निधारको पिट्यूटरी ग्रन्थी सक्रिय हुन लाग्छ जसका कारण शरीरबाट अल्छीपना दूर हुन्छ । दिमागी शक्तिको विकास हुनुका साथै मानसिक तनावबाट मुक्ति मिल्छ । निधारमा नियमित रुपमा टीका लगाउँदा दीमागी नशा सक्रिय हुन्छन् । जसले हामीलाई इनसोमनिया र साइनस जस्ता रोगबाट बचाउँछ।

निधारमा हल्दीको चन्दन लगाउँदा त्वचा शुद्ध हुन्छ । किनकी हल्दीमा एन्टी ब्याक्टेरिय तत्व हुन्छ । जसले हामीलाई रोगबाट मुक्त राख्छ। योगी तथा साधुहरु ध्यान शुरु गर्नुभन्दा अगाडि निधारमा टीका तथा तिपुण्ड लगाउँछन् । किनकी निधारमा नै आज्ञा चक्रमा उपस्थित पिण्डमा जोडिएका सबै नसाको समूह हुन्छ । यसरी टीका लगाउँदा मस्तिष्क शान्त रहनुका साथै मानिसक एकाग्रता बढ्छ ।