विवाह महोत्सवमा भाग लिन आदित्यनाथ आउँदै, जनकपुरको रंगभूमी झकिझकाउ

0
45

काठमाडौं, मंसिर २६ । राम–जानकी विवाह महोत्सवमा भाग लिन भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ अयोध्याका जन्तीको अगुवाइ गर्दै आज जनकपुर आउँदैछन् ।

साढे १० बजे निजी जहाजबाट जनकपुर विमानस्थलमा अवतरण गर्ने आदित्यनाथले साढे ११ बजेसम्म जनकपुरस्थित जानकी मन्दिरमा पूजापाठ गर्नेछन् । साढे ११ बजेदेखि १ बजेसम्म प्रदेश सरकारले आयोजना गर्ने दिवा भोजमा सहभागी हुनेछन्, जहाँ उनलाई मिथिला भोजन गराइनेछ ।

प्रदेश सरकारले मधेश भवनमै अयोध्याबाट आएका जन्ती तथा साधुसन्तलाई भोजन र अंग वस्त्र प्रदान गर्नेछ । उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथ २ बजे जनकपुरको रंगभूमि मैदानमा आयोजना हुने स्वयम्बर कार्यक्रममा सहभागी हुनेछन् ।

एक घण्टा मैदानमा विवाह महोत्सवमा सहभागी भएपछि उनी लखनऊ फर्किने कार्यक्रम छ । योगीको आगमनलाई लिएर सुरक्षा व्यवस्था चुस्त बनाइएको छ । नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाका करीब ३ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here