निर्मलालाई न्याय माग्दै गर्दा राष्ट्रपति कार्यालय अगाडिबाट ११ जना पक्राउ

काठमाडौं, मंसिर २० । कञ्चनपुरमा बलाल्कारपछि हत्या गरिएकी १३ बर्षीया बालिका निर्मला पन्तको पक्षमा न्याय माग्दै राष्ट्रपति कार्यालय अगाडी प्रर्दशन गरेका छन् ।

पर्दशनका क्रममा ११ जनालाई प्रहरीले पक्रउ गरिएको हो । राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्डबाट फर्किँदै गर्दा उनीहरुले प्रदर्शन गरेका थिए ।

‘म निर्मला’ लेखिएको कागज टाँसेका प्रदर्शनकारीले टाउकोमा कालो पट्टी बाँधेका थिए ।

अहिले उनीहरुलाई महानगरीय प्रहरी वृत्त, महाराजगञ्जको हिरासतमा राखिएको छ ।