एक कल फोन गर्न एक दिन पैदल

हुम्ला, मंसिर २० । हुम्लाको उत्तरी भागेमा मोवाइल फोनको टावर बिग्रीदा सेवाग्राही मर्कामा परेका छन् ।

सो टावर बिग्रँदा नाम्खा गाउँपालिका, वडाकर्मी, यालवाङ, याङ्गार, मुचु, गारीलगायतका गाउँका सेवाग्राही मर्कामा परेका छन् ।

घरबाट धेरै टाढा रहेका घर परिवारको खबर आदानप्रदानका लागि एक दिनको बाटो हिँडेर सिमकोट गाउँपालिकाको डाँडाफया आउनुपर्ने बाध्यता रहेको स्थानिएको गुनासो छ ।

गाउँपालिका अध्यक्ष विष्णु लामाका अनुसार मर्मतको लागि पटकपटक नेपाल टेलिकम शाखा हुम्लालाई हारगुहार गर्दा कुनै सुनुवाइ नभएको बताएका छन् ।

त्यस क्षेत्रका स्थानीयवासीले फोनमा कुरा गर्नका लागि एक दिनको पैदल यात्रा डाँडाफया पुग्नुपर्ने बाध्यता रहेको छ । हिउँद लागेसँगै चिसो बढेका कारण पावर नपुगेर त्यति काम नगरेको नेपाल टेलिकम हुम्ला शाखाको भनाइ छ ।