काभ्रेमा जन्ती बस पल्टिदा ९ घाइते

काठमाडौं, मंसिर २० । ढुङ्गखर्कबाट खोपासीतर्फ आउँदै गरेको बा.३ ख ५३२३ नम्बरको बस पल्टिँदा ९ जना घाइते भएका छन्।

काभ्रेको बेथानचोक गाउँपालिका–४ चलालगणेशस्थामा जन्ती बोकेको बस सडकमा पल्टिदा बसमा सवार ९ जना घाइते भएका हुन् ।

घाइते हुनेमा बेथानचोक गाउँपालिका ३ का पेमा लामा, राजन लामा, सुजन लामा, कान्छा तामाङ्ग, वीरबहादुर तामाङ, सरिता तामाङ, अम्बर तामाङ, मानबहादुर तामाङ घाइते भएका छन् ।

घाइतेको बनेपास्थित शिरमेमोरीयल अस्पतालमा उपचार भइरको छ । बसमा ५५ जना सवार रहेको अनुमान गरिएको छ ।