दमौलीमा पनि महालक्ष्मी विकास बैंकको शाखा

तनहुँ, मंसिर २० । देशभर ८५ वटा शाखा रहेको महालक्ष्मी विकास बैंक लिमिटेडले दमौलीमा ८६ औं शाखा विस्तार गरेको छ ।

बुधबार विस्तार भएको शाखाको व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेले शुभारम्भ गरेका थिए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले बैंकले आवश्यकतालाई सम्बोधन गर्दै दमौलिमा शाखा विस्तार गरेको बताए । आगामी दिनमा बैंकले अझै उत्कृष्ट सेवा दिने तथा बैँकिङ सेवामा नेपाली जनताको पहुँच बढाउन बैँकले शाखा विस्तारको क्रमलाई निरन्तर अघि बढाइरहने बताए ।

मुलुकका शहरी तथा ग्रामीण क्षेत्रमा थरी ८५ वटा शाखा तथा ३५ वटा एटिएम बुथ मार्फत सेवा प्रदान गरिरहेको उनले बताए ।

हाल महालक्ष्मी बैंकको ग्राहक सङ्ख्या चार लाख १५ हजार भन्दा बढी रहेको जानकारी दिइएको छ । बैंकको चुक्ता पुँजी दुई अर्ब ६३ करोड रहको छ भने हालसम्म २७ अर्ब भन्दा निक्षेप संकलन गरी २४ अर्ब चार करोड कर्जा प्रवाह गरेको बताइएको छ ।