एक सय बहत्तर परिवारलाई राहत वितरण

मार्तडी, मंसिर २० । सहास नेपालले बाजुराको बडीमालिका नगरपालिका–४ रिलामा बुधबार १७२ पीडितलाई राहात वितरण गरेको छ ।

गत भदौ महीना आएको बाढीपहिरोबाट प्रभावित परिवारलाई सहयोगी हात समूहअन्तर्गत सहास नेपालको सहयोगमा राहत वितरण गरिएको हो ।

पीडितका साथै उक्त वडामा रहेको पाथरको आधारभूत विद्यालयका ११० विपन्न तथा असहाय र अन्य बाढीपीडितका बालबालिकालाई पनि न्यानो कपडा वितरण गरिएको उक्त संस्थाले जनाएको छ ।

बुधबार आयोजित कार्यक्रममा बाढीपहिरोपीडित परिवारलाई नेपाल रेडक्रस सोसाइटी बाजुरा शाखा, मानव संशासन केन्द्र र बडीमालिका नगरपालिकाबाट ११५ थान त्रिपाल उपलब्ध गराउनुका साथै खानेपानीका नौ वटा मुहानका लागि पाइप वितरण गरिएको जानकारी छ । रासस