म्यान्चेस्टर युनाइटेड र आर्सनलले अंक बाँडे, लिभरपुल र टोटहमको जित

काठमाडौं, मंसिर २० । बुधबार राति सम्पन्न प्रिमियर लिग अन्तर्गतको खेलमा म्यान्चेस्टर युनाइटेड र आर्सनलले बराबरी खेलेका छन् । भने लिभरपुल र टोटनहमले आ–आफ्नो खेलमा जित दर्ता गरेका छन् ।

वल्र्ड ट्राफोर्डमा सम्पन्न म्यान्चेस्टर युनाइटेड र आर्सनलबीचको खेल २–२ गोलको बराबरीमा सकिएको हो । खेलको २७ औं मिनेटमा नै आर्सनलका लागि मुस्ताफीले गोल गरेर अग्रता बनाएका थिए । ३० औं मिनेटमा म्यानुका लागि एन्थोनी मार्सियलले बराबरी गोल फर्काएका थिए ।

त्यस्तै, खेलको ६८ औं मिनेटमा आर्सनलका लागि अलेक्जेण्डर लाकाजेटीले गोल गरेर पुनः अग्रता बनाए तर, एक मिनेट पनि नबित्दै म्यानुका लागि जेस्सी लिंगार्डले बराबरी गोल फर्काए । खेलको बाँकी समयमा थप गोल हुन सकेन । बराबरीसँगै १५ खेलमा आर्सनल ३९ अंक जोडेको छ भने समान खेलबाट म्यानुको २२ अंक रहेको छ ।

त्यस्तै, बुधबार राति नै सम्पन्न खेलमा लिभरपुलले सानदार कमव्याक गर्दै वर्नलेलाई ३–१ गोलले पराजित गरेको छ । लिभरपुलले १५ खेल खेलेबाट ३९ अंक जोडेको छ । गएराति नै भएको अर्को खेलमा टोटनहमले साउथह्यामटनलाई ३१ गोलले पराजित गरेको छ । यो जितसँगै टोटनहम लिगको तेस्रो स्थानमा उक्लेको छ ।