अग्रता जोगाउन नसक्दा उल्भरह्याम्टनसँग चेल्सीको हार

काठमाडौं, मंसिर २० । अग्रता जोगाउन नसक्दा उल्भरह्याम्टनसँग चेल्सी पराजित भएको छ । बुधबार राति उल्भरह्याम्टनको घरेलु मैदानमा भएको इंग्लिस प्रिमियर लिग अन्तर्गतको खेलमा चेल्सी २–१ गोलले पराजित भएको हो ।

खेलमा चेल्सीको लागि १८ औं मिनेटमा रोबिन लोफ्टसले गोल गरेका थिए । तर, दोस्रो हाफमा घरेलु टिमले उत्कृष्ट खेल खेल्यो । खेलको ५९ औं मिनेटमा राउल जेमिनिजले गोल गर्दै वुल्भ्सलाई खेलमा फर्काए । त्यसपछि खेलको ६३ औं मिनेटमा डिएगो जोटाले गोल गरेपछि वुल्भ्सले २–१ गोलको अग्रता कायम गर्यो ।

\खेलको बाँकी समयमा थप गोल नहुँदा चेल्सीले अंक गुमाएको छ । हारसंगै चेल्सीले १५ खेलबाट ३१ अंक जोडेको छ ।