बार्सिलोना कोपा डेल रेको अन्तिम १६ मा

काठमाडौं, मंसिर २० । बार्सिलोना कोपा डेल रेको अन्तिम १६ मा प्रवेश गरेको छ । बुधबार राति सम्पन्न खेलमा बार्सिलोना ४–१ गोलले विजयी हुँदै समग्रमा ५–१ गोलको निकालेर अघिल्लो चरण प्रवेश गरेको छ ।

बार्सिलोनाको लागि खेलको १८ औं मिनेटमा इभान राकेटिचको पासमा मुनिर अल हदादीले, २६ औं मिनेटमा राकेटिचकै पासमा डेनिस स्वारेजले, ४४ औं मिनेटमा पनि राकेटिचकै पासमा माल्कोमाले तथा ७० औं मिनेटमा रिक्वी पुइगको पासमा डेनिस स्वारेजले गोल गरेका थिए । उता कल्चरलको लागि भने खेलको ५४ औं मिनेटमा जेसेप सेनेले गोल गरेका थिए ।

बार्सिलोनाले यसअघिको पहिलो लेगमा १–० गोलको जित दर्ता गरेको थियो । उक्त खेलमा बार्सिलोनाको लागि क्लिमेन्ट लंग्लेटले गोल गरेका थिए ।