बन्न थाल्यो हेटौँडामा बसपार्क

हेटौँडा, मंसिर १९ । मकवानपुर जिल्लाको पूर्वी क्षेत्रमा सवारी साधन सञ्चालनका लागि हेटौँडामा बसपार्क निर्माण कार्य शुरु गरिएको छ ।

हेटौँडा–४ स्थित भैरव रोड र भुटनदेवी माविको रोडमा पर्ने खाली जग्गामा हेटौँडा नगरपालिकाले बसपार्क बनाउन शुरु गरेको हो ।

विगतमा कम्मल उद्योग सञ्चालनमा रहेको र अहिले बन्द अवस्थामा रहेको सो उद्योगको खाली जमीनमा बसपार्क निर्माण हुन लगेको हो । करीब १० कट्ठा जमीन रहेको सो उद्योगको बहुसङ्ख्यक जमीन खोलिरहेकाले सो स्थानमा बसपार्क बनाउन लागेको नगरपालिकाको प्राविधिक शाखाले जनाएको छ ।

हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जमीनको हक दाबी गर्न आएमा सो जग्गाबाट बसपार्क खाली गरिने बताउँदै पुरानो बसपार्कमा ठाउँको अभावका कारण बसपार्कको विस्तार गर्न लागेको बताए ।

स्थानीय बासिन्दाका रामप्रसाद पोखरेलका अनुसार सो उद्योगको खाली जमीनमा केही राजनीतिक दल र हेटौँडाका केही व्यक्तिले हड्प्ने प्रयास गर्दै आएको बताउँछन् । सो उद्योगको जीर्ण भवन र खाली जमीनमा अवैधरुपमा केही व्यक्ति बसेकाले उनीहरुलाई हटाउने काम पनि उपमहानगरपालिकाले गरेको प्रमुख महतले भने ।