अफगानिस्तानको खोगीआनी जिल्लामा १२ लडाकु मारिए, १८ पक्राउ

घाज्नी, अफगानिस्तान । अफगानिस्तानको पूर्वी प्रान्तमा सरकारी सुरक्षाबलले तालिबान लडाकूविरुद्ध गरिएको कारबाहीको क्रममा १२ मारिनुको साथै अन्य १८ पक्राउ परेका छन् ।

खोगीआनी जिल्लाको कैयौ गाउँमा लुकेर बसेका तालिबान आतङ्ककारीलक्षित गत २४ घण्टाभित्र गरिएको हवाई र स्थल कारबाहीमा ती लडाकू मारिएको हो ।

साथै यस कारबाहीको क्रममा अन्य चार लडाकू घाइते भएका सुरक्षा स्रोतले जानकारी दिएको छ । पक्राउ परेका १८ तालिबान लडाकूहरुलाई अनुसन्धानको लागि काबुल लगिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । रासस /सिन्ह्वा