शृंखला ‘मिस वर्ल्ड’ बन्न सक्लिन् ?

काठमाडौं । चीनको सान्यामा मिस वर्ल्ड–२०१८ लागि प्रतिस्पर्धा भइरहेको छ । उक्त प्रतियोगितामा मिस नेपाल –२०१८ की विजेता श्रृंखला खतिवडाले पनि प्रतिस्पर्धा गरिरहेकी छिन् ।

तर, प्रश्न खडा भएको छ के शृंखलाले मिस वर्ल्डको ताज पहिरिन सक्लिन् ? मिस वर्ल्डमा श्रृंखलाले दुईवटा टाइटल ‘मल्टिमिडिया अवार्ड’ र ‘ब्युटी विथ अ पर्पोज अवार्ड’ जितिसकेकी छिन् ।

मिस वल्र्डमा नेपालले पाएको यो उपलब्धि हालसम्मकै सबैभन्दा ठूलो हो । अवार्डसँगै श्रृंखला मिस वर्ल्डको अन्तिम ३० मा पुगिसकेकी छिन् ।

श्रृंखला मिस वर्ल्ड बन्नको लागि अझै केही खुड्किलोहरु पार गर्नुपर्ने हुन्छ । जस्तो उत्कृष्ट २०, उत्कृष्ट १० उत्कृष्ट यस्तै यस्तै । किनकी मिस वर्ल्डले फाइनल पुग्ने बाटोहरु हरेक वर्षजस्तै बदल्छ । मिस वर्ल्डले आफ्नो फम्र्याट सार्वजनिक गर्दैन ।

तर, अन्य प्रतिस्पर्धीजस्तै श्रृंखलाले मिस वर्ल्डको उपाधि जित्ने सम्भावना भने समान रहेको छ ।