मनाङले जाउलाखेललाई हरायो

काठमाडौं, मंसिर १९ । मनाङ मर्स्याङदी क्लबले शहीद स्मारक ए डिभिजन लिगमा अर्को जित दर्ता गरेको छ । बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेलमा मनाङले जाउलाखेलमाथि १–० गोलको जित दर्ता गरेको हो ।

पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको खेलको ६० औं मिनेटमा मनाङले अग्रता लिएको थियो । जावालखेलका एडामा दुम्बियालले अफिज ओलावालेलार्इ डिबक्समा लडाएपछि मनाङले पाएको पेनाल्टीलाई अञ्जन बिष्टले गोलमा परिणत गरे ।

खेलको बाँकी समयमा थप गोल नहुँदा मनाङले लिगमा अपराजित रहेको छ । मनाङ ६ खेलबाट १८ अंक जोड्दै लिगको शीर्ष स्थानमा कायमै रहेको छ ।