‘मंगोलियन हार्टको २५ ठाउँमा कन्सर्ट, युएईमा पनि सांगीतिक कार्यक्रम 

काठमाडौं, मंसिर १९ । सांगीतिक यात्रा २५ वर्ष पुगेको अवसरमा नेपालको चर्चित सांगीतिक समूह ‘मंगोलियन हार्ट’ले २५ ठाउँमा सांगीतिक कन्सर्ट गर्ने भएको छ ।

आफ्नो रजत महोत्सवको अवसरमा ‘मंगोलियन हार्ट’ले युएईमा पनि सांगीतिक कार्यक्रम गर्न लागेको हो. ।

नेपालको चर्चित सांगीतिक समूह ‘मंगोलियन हार्ट’ले डिसेम्बर ६ र ७ तारिखमा युएईका दुई शहर अबुधाबी र बरदुबईमा कार्यक्रम गर्न लागेको हो । अबुधाबीमा ली मेरिडियन होटेल र बरदुबईमा अस्टोरिया होटेलस्थित क्लब एभरेष्टमा हुने छ ।

कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजक नेपाली रक्सले जनाएको छ ।

मंगोलियन हार्टका अनुसार ब्याण्डको सांगीतिक यात्रा २५ वर्ष पुगेकोमा २५ ठाउँमा सांगीतिक कन्सर्ट गर्ने लक्ष्य रहेको छ । हालसम्म ८ वटा ठाउँमा कार्यक्रम सम्पन्न भइसकेको छ । यूएईका दुई वटा कार्यक्रमपछि बाँकी १५ ठाउँमा गर्ने तयारी पनि लगभग सकिन लागेको जनाएको छ ।

युएईमा पहिलो पटक हुन लागेको कार्यक्रम हुन लागेकाेि हो । यसै कार्यक्रम लागि गायक राजु लामा अमेरिकाबाट आइसकेका छन् ।

मंगोलियन हार्टका ‘हल्ला चलेछ’, ‘उँभो उँभो खासा’, ‘तिमीलाई देखेर’, ‘बादल पारिको देशबाट’, ‘सायद तिम्रो बाटोमा’, ‘मेरो नेपाल’, ‘ओई नाना, ‘नतानुँ त तानुँ लाग्ने’, ‘गाजलु टीका’ लगायतका गीत चर्चित छन् ।