‘जानी नजानी’ को फर्स्टलुक सार्वजनिक

काठमाडौं । निर्देशक बसन्त अधिकारी पहिलो चलचित्र ‘जानी नजानी’ को फर्स्टलुक सार्वजनिक गरिएको छ ।

चैत १ गते सार्वजनिक हुने चलचित्र चलचित्रको फर्स्टलुक पोस्टरमा मनिष श्रेष्ठ, निरिशा बस्नेत, सन्नी सिंह र नम्रता श्रेष्ठ फिचर्ड छन् ।

पुराना कलाकार तथा निर्देशक विश्व बस्नेतको छोरी निरिशाले यही चलचित्रबाट डेब्यु गरेकी छन् । चलचित्रमा प्रकाश अधिकारी, कृष्ण भक्त महर्जन, रोशनी केसी लगायतको पनि अभिनय रहेको छ । आधुनिक प्रेमकथामा आधारित भनिएको चलचित्रको कथा, पटकथा र संवाद सामिप्यराज तिमिल्सेनाले लेखेका हुन् ।

चलचित्रमा छायांकन संजय लामाको रहेको छ । यसमा संगीत अर्जुन पोखरेलले दिएका छन् । चलचित्रमा कविराज गहतराज, प्रविन सिंह र शिशिर खातीको कोरियोग्राफी छ । अर्जुन जिसीले सम्पादनको जिम्मेवारी सम्हालेका छन् । रोशनी इन्टरटेन्मेनटको ब्यानरमा निर्मित चलचित्रकी प्रस्तुतकर्ता रोशनी केसी हुन् ।