सुर्खेतका बाढीपीडितलाई पुर्नस्थापन गर्ने कर्णाली सरकारकाे तयारी

काठमाडौं, मंसिर १७ । सुर्खेतमा चार वर्षअघिको बाढीले विस्थापित बनेका बाढीपीडितहरुको पुनर्वासका लागि प्रदेश सरकारले पहल थालेको छ । प्रदेश सरकारले आन्तरिक मामिला तथा कानून मन्त्रीको संयोजकत्वमा गठन गरेको उच्चस्तरीय बाढीपीडित समस्या समाधान समितिले बाढी पीडितको तथ्याङ्क संकलन गरिरहेकाे छ ।

जिल्लाका बाढीपीडित रहेको सबै शिविरमा पुगेर सरकारी समितिले बाढी पीडितहरुको विवरण संकलन गरिएको समितिका सदस्य यज्ञप्रसाद ढकालले बताए । समितिले संकलन गरेको विवरणका आधारमा सरकारलाई प्रतिवेदन बुझाउने तयारी भइरहेको छ ।

समितिको तथ्याङ्कअनुसार सुर्खेतमा झण्डै दुर्इ सय ५० जनाको घर पूर्ण क्षती भएको र बाँकीको आंशिक क्षती भएको छ । बाढीबाट सुर्खेतका नाैँ सय ७१ जना आंशिक र पूर्ण रुपमा घर क्षती पीडित रहेको सरकारी तथ्याङ्क छ ।

बाढीपीडितहरू पञ्चपुरीको तिखाकुना, बराहतालको गिरीघाट, वीरेन्द्रनगरको महिला प्रशिक्षण केन्द्र र भेरीगंगाको मसिना शिविरमा बस्दै आएका छन् ।