जौबाट पाइने अचम्मका फाइदा

काठमाडौं, मंसिर १२ । हाइपरटेन्सन, बाथ, दम, छालाका समस्या, एनिमिया, मोटोपना, कब्जियत, मधुमेह, मिर्गौला तथा मुटुका समस्या छ भने जौको फाइदाबारे एकपटक जान्ने प्रयास गर्नुस् ।

यसमा मानिसलाई अति आवश्यक ८ प्रकारका अमिनो एसिड पाइन्छन् । यसको अर्थ हो, हामीलाई भोजनमा आवश्यक पर्ने सबैखालका प्रोटिन यसबाट पाउन सक्छौं । यसले ब्लड सुगरलाई समेत नियमित गर्छ ।

विश्वभर विभिन्न समयमा गरिएका अनुसन्धानले मानिसहरुको खानपानमा फाइबरको कमी भएको देखाएका छन् । सबैखालका खाद्यपदार्थमध्ये जौ सबैभन्दा उत्कृष्ट फाइबरको स्रोत मानिन्छ, जसले दीर्घकालिन रुपमा स्वास्थ्यलाई राम्रो प्रभाव पार्छ । यसले शरीरलाई विषादिरहित बनाउँछ । यसको पातले मानिसको पाचन प्रणालीमा असल ब्याक्टेरिया निर्माण गर्न मद्दत गर्छ । पाचन प्रणालीलाई सही अवस्थामा राख्ने हो भने कोलोन क्यान्सर र हेमोरोइड्सको सम्भावना घटाउन सकिन्छ ।

यसलाई सलादको रुपमा, सुप बनाएर, सातुको रुपमा, अथवा तरकारीको रुपमा जसरी पनि खान सकिन्छ।

जौ छालाको समस्याका लागि, रोगप्रतिरोधी क्षमता बढाउन, ओष्टियोपोरोसिस, गलस्टोन, मधुमेहजस्ता समस्याका लागि उपयोगी मानिन्छ ।

अघुलनशिल फाइबरको असल स्रोत भएकाले यसले महिलामा गलस्टोनको विकास हुनबाट रोक्छ र ट्राइग्लिसेरिड कम उत्पन्न हुन मद्धत गर्ने इन्सुलिनमा वृद्धि गर्छ । अमेरिकन जर्नल अफ ग्यास्ट्रोइन्टेरेलोजीका अनुसार खानामा फाइबर समावेश नगर्नेभन्दा फाइबरयुक्त खाना खाने महिलामा गलस्टोन हुने सम्भावना १७ प्रतिशत कम हुन्छ ।

जौको पातमा फोस्फोरस र कपर हुन्छ,जसले हड्डी स्वस्थ राख्न मद्धत गर्छ । यदि ओस्टियोपोरोसिस छ भने जौले यसको प्राकृतिक उपचारको काम गर्छ । जौको पातको जुसमा दुधमा भन्दा ११ गुणा बढी क्याल्सियम पाइन्छ । क्याल्सियमले हड्डी रक्षा गर्न सघाउ पुर्‍याउने आवश्यक तत्व हुन्छन् । हड्डीको स्वास्थ्यका लागि म्यांगानिज तत्व चाहिन्छ । यो तत्व पनि जौमा पाइन्छ ।

उच्च पोषक तत्व पाइने भएकाले यसले रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्छ र रुघाखोकी लाग्ने सम्भावना पनि कम गराउँछ । आइरनले रगतको परिमाण वृद्धि गर्छ र एनिमियाजस्ता समस्या आउन दिँदैंन । यसले मिर्गौलालाई सही रुपमा सन्चालन हुन मद्धत गर्छ र कोषको विकास पनि गर्छ । यसमा हुने कपरले हेमोग्लोबिन र राता रक्तकोष निर्माण गर्छ ।

जौ सेलेनियमको राम्रो स्रोत हो । यो मुटु, प्याङक्रियाजका लागि राम्रो मानिन्छ। सेलेनियम अभावमा छाला, कोलोन, प्रोस्टेट, कलेजो, पेट र स्तन क्यान्सर निम्तन सक्छ । यस्तै, जौमा रगतको कोलेस्टेरोल तह पनि घटाउन मद्धत गर्छ । यहीकारण मुटुका डाक्टरले बिरामीलाई जौ खाने सल्लाह दिन्छन्। उच्च रक्तचाप, उच्च कोलेस्टेरोल र मुटुसम्बन्धी समस्या भएका पोस्टमेनोपज महिलाहरुले कम्तीमा पनि सातामा ६ दिन जौ उपयोग गर्न सल्लाह दिइन्छ। यसमा नियासिन (एक प्रकारको भिटामिन बी कम्प्लेक्स) पाइन्छ, जसले समग्र कोलेस्टेरोल र लिपोप्रोटीन तहलाई घटाउँछ।