यी हुन् सन् २०१८ मा खिचिएका अन्तरिक्षका सुन्दर १० तस्बिर

एजेन्सी । हरेक वर्ष संसारका योग्य फोटोग्राफरले थुप्रै दिन लगाएर अन्तरिक्षसँग सम्बन्धित तस्बिर खिचेर हामीलाई देखाउने गर्छन् । यसरी कठिन मेहनतबाट खिचिने तस्बिरहरुबीच प्रतिस्पर्धा समेत गराइन्छ ।
हालै मात्र रोयल अब्जर्वेटरी ग्रिनविचको वार्षीक प्रतियोगितामा उत्कृट भएका फोटोहरु सार्वजनिक भएका छन् ।

हेरौं ती फोटोहरु

यो फोटो प्रतियोगितामा पहिलो भएको थियो । अमेरिकी फोटोग्राफर ब्राड गोल्डपेन्ट यो फोटो खिचेका थिए । जहाँ गोल्डपेन्टले खिचेका तस्बिरमा दायाँतर्फ मिल्कीवे ग्यालेक्सी देखिन्छ भने अर्कोतर्फ अरमागेडन ग्यालेक्सी ।
गोल्डपेन्टको यो तस्बिरले १६ हजार डलर पुरस्कार पनि पायो ।