सम्पत्ती रक्षाको माग गर्दै सेयर लगानीकर्ता सडकमा

0
252

काठमाडौं, जेठ २२ । मंगलबार सेयर लगानीकर्ता सेयर कारोबार ठप्प पारेर सडक आन्दोलन छन् । आइतबारबाट लागू हुने गरी सरकारले हकप्रद र बोनसमा अग्रिम कर लगाउने निर्देशन दिएसँगै सोमबारबाट आन्दोलनमा रहेका लगानीकर्ताले मंगलबार कारोबार पुरै ठप्प पारेका हुन् ।

सोमबार सेयर खरिदबिक्री नगर्न लगानीकर्ता संघले आव्हान गरेपनि खासै प्रभावकारी हुन सकेको थिएन । आन्दोलनका बाबजुद सोमबार ४२ करोड रुपैयाँको सेयर किनबेच भएको बजारमा मंगलबार भने कारोबार हुन सकेन । बजेटमार्फत पूँजीगत लाभकर ५ प्रतिशतबाट साढे ७ प्रतिशत पुर्याएको सरकारले थ पभार पर्नेगरी हकप्रद र बोनसमा अग्रिम कर लगाउने निर्णय गरेसँगै लगानीकर्ता विरोध गरेका हुन् । सरकारको पछिल्लो नियमले लगानीकर्ताले नोक्सानीमा सेयर बेचे पनि कर तिर्नुपर्ने हुन्छ ।

लगानीकर्ताले आफूहरुले नाफामा मात्रै कर तिर्ने र बजेटमार्फत बढाइएको पूँजीगत लाभकर खारेज हुनुपर्ने माग गरेका छन् ।

आन्दोलनमा ब्रोकरको साथ र लगानीकर्ता हित संरक्षण मञ्चको ऐक्यबद्धता

अन्य बेला तीन तिर फर्किने सेयर लगानीकर्ता सरकारले बढाएको करको विरोधमा भने एकै ठाउँमा उभिएका छन् । सोमबारबाट संयुक्त आन्दोलनमा रहेका लगानीकर्ताहरुले सोमबार नेपाल स्टक एक्सचेञ्ज र नेपाल धितोपत्र बोर्डमा घेराउ गर्न पुगेका थिए । भने आज पनि विरोधको कार्यक्रम यथावत रहेको लगानीकर्ताले बताएका छन् ।
आन्दोलनमा रहेका लगानीकर्तालाई सेयर दलाल अर्थात ब्रोकर कम्पनीहरुले पनि साथ दिएका छन् । जसका कारण मंगलबार सेयर किनबेच हुन सकेको छैन् । सेयर कारोबारका लागि ब्रोकर कार्यालय पुगेका लगानीकर्ता ब्रोकर कार्यालयमा टिभि हेरेर दिन बिताएका छन् ।

त्यस्तै लगानीकर्ताहरुको उक्त आन्दोलनमा लगानीकर्ता हित संरक्षण मञ्चले पनि एक्यवद्धता जनाएको छ । मंगलबार मञ्चले विज्ञप्ति जारी गर्दे ऐक्यवद्धता जनाएको हो ।

मञ्चद्धारा जारी विज्ञप्तीमा भनिएको छ, नेपालका आम सेयर लगानीकर्ताहरुको हित विपरित र विश्वमा कतै नभएको कर प्रणाली लादेर सेयर बजारलाई अस्तव्यसत् बनाएकोमा हामी घोर निन्दा गछौं ।

मञ्चले लगानीकर्ताहरुले सोमबारदेखि थालेको आन्दोनमा ऐक्यबद्धता जाहेर गर्दै बढाइएको साढे दुई प्रतिशत पूँजीगत लाभकर र हकप्रद तथा बोनस सेयर बिक्रीमा अग्रिम कर खारेज नभएसम्म आन्दोलन राख्न आव्हान समेत गरेको छ ।

लगानीकर्ताको मागप्रति अर्थमन्त्री लचिलो बन्दै

सेयर बजारप्रति विगतदेखि नै सकारात्म देखिएका अर्थमन्त्री डा युवराज खतिवडा पछिल्लो लगानीकर्ताको आन्दोलनप्रति भने केही लचिलो देखिएका छन् । सोमबार कान्तिपुर टेलिभिजनको कार्यक्रम फायर साइडसँग कुराकानी गर्दे उनले पूँजीगत लाभकरमा देखिएको अन्योलता आपसी छलफलबाट मिलाउनुपर्ने बताए । उनले आफू सेयर बजारप्रति नकारात्मक नरहेको भन्दै कहिल्यै पनि पूँजी बजारलाई अनुत्पादक नभनेको प्रस्टाए । पछिल्लो पटक देखिएको हकप्रद र बोनसमा लगाइने लाभकरको विषय पनि छलफलबाट टुङ्ग्याइने भनाई राखेका थिए ।

उनले आफूहरु राष्ट्रिय पूँजी निर्माणको प्रकृयामा रहेको भन्दै पूँजी बजार नभइनहुने उल्लेख गरेका थिए । अर्थमन्त्री खतिवडाले आम नागरिक पूँजी बजारमा सहभागि हुन भन्ने आफ्नो चाहना रहेको धारणा राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here